उत्तर कोरियासँग फराकिलो हारसँगै नेपालको यु–२० एसियन कप सम्भावना सकियो

काठमाडाैं | साउन २५, २०८२

उत्तर कोरियासँग फराकिलो हारसँगै नेपालको यु–२० एसियन कप सम्भावना सकियो

काठमाडौं:  नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको हो ।


जित्नै पर्ने खेलमा नेपालले लज्जासपद हार खेप्यो । एकपक्षीय खेलमा उत्तर कोरियाले पहिलो हाफमा पाँच र दोस्रो हाफमा ६ गोल गरेको थियो ।


जितसँगै उत्तर कोरियाले तीन खेलबाट नौ अङ्क जोड्दै सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपबमे ढोका खोलेको छ । दक्षिण कोरियाले समूहको पहिलो खेलमा साउदी अरेबियालाई १५–० र दोस्रो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । नेपालले मान खेलमा चार अङ्क बनायो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो ।


दोस्रो खेलमा नेपालले साउदी अअरेबियालाई १–० गोलले हराएको थियो । सिङ्गल राउन्ड रोविन लिगका आधारमा सञ्चालित छनोट खेलमा शीर्ष टोली छनोट हुने प्रावधान थियो ।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्